घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता कायम (दाङका १०० वडामध्ये ४० वडाको नतिजा)

दाङ, । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

पछिल्लो साढे ११ बजेसम्मको मतपरिणाम अनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार २१९ मतले अगाडि छ । एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्मा (डायमण्ड)ले १० हजार २४१ मत ल्याएका छन् । एमालेका चौधरीले मतान्तर बढाउँदै लगेका छन् । यसअघि घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।

उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन् । अहिले डाँगी र डिसीबीच १९० मतान्तर छ ।

अहिले वडा नं। २, १२, १३, १६, १७ मा मतगणना जारी छ । अहिलेसम्म १९ वटा वडामध्ये चार वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले तीनवटा वडा जितेको छ भने गठबन्धबाट कांग्रेसले एउटा वडा जितेको छ ।

दाङका १०० वडामध्ये ४० वडाको नतिजा

नेकपा एमालेले जितेका वडाहरु

१. गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२. राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३. दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४. बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५. बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६. राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७. दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी
८. राप्ती १ गेमबहादुर खड्का
९ घोराही १४( अध्यक्ष भानसिङ बुढा
१०. घोराही उपमहानगरपालिका १( अध्यक्ष राममणि पान्डेय
११. दङ्गीशरण गाउँपालिका( ५, अध्यक्ष निरज बस्नेत
१२. बबइ गाउँपालिका ४, अध्यक्ष टेकबहादुर ओली
१३. शान्तिनगर गाउँपालिका ४, अध्यक्ष गोमानबहादुर ओली
१४. घोराही उपमहानगरपालिका १८, अध्यक्ष भरत अर्याल

नेपाली कांग्रेसले जितेका वडाहरु
१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली
९ शान्तिनगर गाउँपालिका( ३, मीनबहादुर केसी
१० बङ्गलाचुली गाउँपालिका( ४ अध्यक्ष डासबहादुर डागी
११ बङगलाचुली गाउँपालिका ६, डोमबहादुर केसी
१२ लमही नगरपालिका १ अध्यक्ष दामोदर पौडेल
१३ बबई गाउँपालिका ४ अध्यक्ष हर्कबहादुर श्रीस
१४। राजपुर गाउँपालिका २ अध्यक्ष ओमप्रकाश यादव

नेकपा माओवादी केन्द्रले जितेका
१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराज विश्वकर्मा
६ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
७ बंगलाचुली गाउँपालिका–८ अध्यक्ष झविन्द्र गाहामगर
८ राप्ती गाउँपालिका( २ अध्यक्ष पहलमान चौधरी
९ लमही नगरपालिका ५, अध्यक्ष ओमप्रकाश सुवेदी
१० बङगलाचुली गाउँपालिका ५ अध्यक्ष लिलाबहादुर घर्ती
११ गढवा गाउँपालिका ६, अध्यक्ष बीरबहादुर आले

स्वतन्त्र
१ शान्तिनगर गाउँपालिका–२ सुनिल वली

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस