घोराही उपमहानगरमा अहिले एमालेले लियो अग्रता

दाङ । घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन्।

गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरुआतिमा अग्रता लिए पनि उनलाई पछि पार्दै एमाले उम्मेदवार नरुलाल चौधरीले अहिले ३५ मतले अगाडी छ्न ।

एमालेका चौधरीले सात हजार ४५ मत पाएका छन्। उनका प्रतिस्पर्धी माओवादीका शर्माले सात हजार १० पाएका छन्।

उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी अगाडि छन्। उनले सात हजार ४४१ मत पाएका छन् भने एमालेकी हुमा डिसीले ६ हजार ७८७ मत पाएकी छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस