
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार गेहेन्द्र गिरीले नेकपा एमालेको जस्तो व्यक्ति विशेषलाई महत्व नदिने बताएका छन् ।
नेकपा एमालेलेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले व्यक्ति विशेषलाई महत्व दिएको र व्यक्ति हेरेर योजना बाडफाड गरेको बताएका छन् । विकट वडाहरुलाई महत्व दिंदै गिरीले विकट वडाहरुलाई छुटै बजेटको व्यवस्था गरीनु पर्ने बताएका थिए ।
तुलसीपुर उपमहनगरपालिका वडा नं. ३को रानागाँउमा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मेयरका उम्मेदवार गिरीले अघिल्लो पटक नेकपा एमालेका नेताहरुले ठूला सपना देखाएर मत लिएपनि त्योअनुसार पटक्कै काम नगरेको भन्दै फेरि उनीहरु जनतालाई झुक्याउन आउन सक्ने बताएका छन् ।
एमालेका नेताहरु सुकुम्बासी समस्या समाधान आयोगमा रहँदा रहँदै पनि एउटा गरिबलाई पनि जग्गा धनिपूर्जा वितरण गर्न नसेकोको बताए । मेयरका उम्मेदवार गिरीले भने ‘हामीलाई बिजयी गराएमा हाम्रो पहिलो प्राथमिकता जग्गाका स्वामित्व हस्तान्तरण गर्नु नै हुनेछ ।’
पाँच दलीय गठबन्धनलाई बिजयी बनाएमा आँफुहरुले भूमिहीनहरुलाई जग्गाधनि पूर्जा वितरण कार्य पहिलो प्राथमिकतामा राखेर गर्ने उम्मेदवार गिरीले प्रतिबद्धता जाहेर गरेका छन् । अहिलेको नेकपा एमालेका प्रमुखले त्यस्ता थुप्रै समस्याको भार बोकाएर जान खोजेको भन्दै त्यसले उनको स्मार्ट सिटी र नेपालकै नमुना सहर कस्तो हुँदो रहेछ भन्ने जनताले बुझेको उम्मेदवार गिरीले आरोप लगाए ।
हिजका दिनमा ठूला गफ दिएर मत लिएका एमालेका मेयरले स्मार्ट सिटीको कुरा अति नै उचालेपनि किन किन नगरलाई ऋणात्मकमा पुर्याए भन्ने कुरा आँफैमा रहस्य रहेको उम्मेदवार गिरीले तर्क गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा उपमेयर पदका उम्मेदवार जोगबहादुर राना मगरले हाम्रो यो गठबन्धनकले ढाटछलको राजनीति नर्गने बताए । गठबन्धनका उम्मेदवाहरुलेले जे बोल्छै त्यसै गरेर देखाउने प्रतिबद्धता व्यक्ति गरे ।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का सभापति झुपलाल वलीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनका मेयर पदका साझा उम्मेदवार गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा उपमेयर पदका उम्मेदवार जोगबहादुर राना मगरको विशिष्ठ आथिथ्यतामा सम्पन कार्याक्रममा वडा नं. ३का वडा अध्यक्षका उम्मेदवार मंगल नेपाली, महिला सदस्य पदकी उम्मेदवार रेश्मी वली, दलित महिला सदस्य पदकी उम्मेदवार श्रृजना टोमटा, खुल्ला सदस्य पदका उमेदवार कलिभान रोका र राजेन्द्र गुरुङ्ग, नेपाली काँग्रेस वडा नं. ३ का नेता स्याम राज महतार, महिला समुहको प्रतिनिधित्व गदै सन्तु ओली लगायकाले आफ्नो वडा गाँउमा भएको समस्या राखेका थिए ।
नेकपा एकीकृत समाजवादीका तुलसीपुर उपमहानगरपालिका वडा नं. ३का अध्यक्ष चेत बहादुर वि.कको स्तगमव्यबाट सुरु भएको कार्याक्रमको संचालन नेकपा माओवादीका केन्द्रका तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रेम प्रकाश मल्लले संचालन गरेका थिए ।