दाङमा पेस्तोलसहित तीन जना पक्राउ

तुलसीपुर । दाङमा प्रहरीले एक थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

लमही नगरपालिका ३ टिकुलीगढ स्थित रहेको जुनु वडी विल्डर्स (ग्यारेज) बाट अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्रउ पर्नेहरुमा बाग्लुङको बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० वर्षीय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भई तलमी नगरपालिका ३ बस्ने ४० वर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आरण संचालन गरी बस्ने अन्दाजी ६२/७३ वर्षीय मुम बहादुर घर्ती मगर रहेका छन् ।

एक ब्यक्ति पेस्तोल जस्तो वस्तु राखेर हिडिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटि गएको प्रहरी टोलीले खान तलासी लिने क्रममा कम्मरबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित उक्त पेस्तोल बरामद गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस