
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का गठबन्धनका अध्यक्ष पदका उम्मेदवार खुसीराम चौधरी आफ्नो पक्षमा माहोल देखेर खुसी छन् ।
‘म मेरो पक्षमा माहोल देखेर निकै खुसी छु,’ चौधरीले भने ‘संयुक्त गठबन्धनका पक्षमा सशक्त माहोल छ र मैले जित्नेमा म ढुक्क छुु।’ नेकपा माओबादी केन्द्रका तुलसीपुर उपमहानगरपालिकाका अध्यक्षसमेत रहेका चौधरीले पाँच दलीय गठबन्धनका सामुु अरुको कुनै तुक नरहेको बताए ।

जिते पछि के गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले – पहिलो प्राथमिकता खानेपानी, कृषिका लागि सिंचाई, बिद्युतिकरणको समुुचित विकास क्षेत्रमा वडाबासीकै सिफारिसका अधारमा प्राथमिकता निर्धारण गरेर काम गर्ने बताए ।
तुलसीपुर– १२ टरिगाउँमै जिल्लाको एक मात्र बिमानस्थल एयरपोर्ट अवस्थित छ । बिक्रम संवत २०११ सालदेखि सञ्चालन हुँदै आएको यो यरपोर्ट नेपालको त्रिभुुवन अन्तर्राष्ट्रिय एयरपोर्ट पछिको दोस्रो पुरानो एयरपोर्ट हो । बर्षौंदेखि राजनीतिक दलहरुले हरेक निर्वाचनमा यही यरपोर्टलाई देखाएर भोट माग्दै आएको भएपनि कसैले पनि एयरपोर्टको उचित विकासमा ध्यान नदिएको हुँदा त्यसको विकास र विस्तारमा आँफूले जिते गम्भीरता पूर्वक लाग्ने वडाध्यक्ष पदका उम्मेदवार चौधरीले प्रतिबद्धता जाहेर गरे ।
राप्ती बबई क्याम्पस, महेन्द्र मावि, पशुपति मावि हरिपौरी लगाएका शैक्षिक संस्थाहरुको समयानुकुल विकासमा ध्यान दिने वडाध्यक्ष पदका उम्मेदवार चौधरीले बताए ।
राप्ती बबई क्याम्पसलाई बहुमुखी क्याम्पस र महेन्द्र मावि र पशुपति माविलाई प्राबिधिक शिक्षाको रुपमा विकास गरि देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा भूमिका खेल्ने चौधरीले बताए ।
त्यस्तै ग्वारखोलाको दुबैतर्फ तडवन्ध गरि सर्वसाधारणका खेति योग्य जमिन जोगाई सिंचाईको उचित प्रबन्ध गरिने आश्वासन चौधरीले बाँडे । ‘सबै भन्दा ठूलो रोग भनेको भ्रष्टचार हो,’ चौधरीले भने ‘म र मेरो टिम बिजयी भए भ्रष्टचारमा सून्य सहनसिलता कायम गरि काम गर्ने छौं ।’
त्यस्तै उनले बबई क्याम्पसदेखिको बैकल्पिक मार्ग, क्वाँङ्गीदेखिको बैकल्पिक मार्गको स्तरबृद्धि गरि ग्रामिण विकाशमा भूमिका खेल्ने वाचा गरे ।
तुलसीपुर –१२ मा ६ हजार ६सय ४ मतदाता रहेको र त्यसमध्य आँफूले प्रचुर बहुमत ४ हजारको हाराहारीमा मत प्राप्त गर्ने वडाध्यक्ष पदका उम्मेदवार चौधरीले दाबी गरे ।
‘माहोल जम्मै गठबन्धनको पक्षमा छ,’ चौधरीले दाबी गरे ‘यो माहोलले हामीले जित्नेमा ढुक्क छौं।’