
काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सूचना हेर्नुहोस्ः

प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार