स्थानीय तह चुनावलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थापन मजबुद

घोराही । आसन्न स्थानीय तह चुनावलाई व्यवस्थित बनाउदै मतदाता सुरुक्षाको पुर्णरुपमा ग्यारेन्टि गरिने दाङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिती संयोजक हिरालाल रेग्मीले बताएका छन् ।

यही ३० गते हुन गइरहेको आसन्न स्थानिय तह चुनावलाई सुरक्षित, भएरहित, स्वातन्त्र र व्यवस्थित बनाउन सुरुक्षा व्यवस्थापनलाई मजबुद पारिएको उनले बताए ।

निर्वाचनका बेला कहीँबाट अवरोध आउन नदिन निर्वाचन सुरक्षा व्यवस्थापन जारी गरेरै जिल्लामा काम भैरहेको बताए । गएको २०७४ सालको निर्वाचनका बेला जस्तो बन्द, विरोध र निर्वाचन बहिष्कार गर्ने समुह नभएको समिक्षा गर्दैै देखिन सक्ने चुनौतीलाई ध्यानमा राख्दै म्यादी प्रहरी परिचालनदेखी लिएर, गास्ति पेट्रोलिङलगायतको काम भैरहेको जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिति संयोजक रेग्मीकाअनुसार मतदातालाई सुरक्षाको अनुभूति गर्दै मतदान केन्द्रसम्म पुग्न सहज बनाउन र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन काम भैरहेको छ ।

जिल्लाको भारतसँग सिमा जोडिएका क्षेत्रमा नाकाकै कारणले देखिन सक्ने चुनौतिलाई समेत प्रमुखताका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस