दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको नेतृत्वकालागि एमालेले उम्मेदवारी दर्ता गरेको छ ।
सोमबार दिउसो २ बजेतिर प्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । दलबलसहित सहभागि भएको एमालेले तुलसीपुरका १९ वटै वडाका सबै उम्मेदवारले एकैसाथ उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्दै प्रमुख पदका उम्मेदवार खड्काले आर्थिक सामाजिकसहित समाजका सबै आबश्यकता पूरा गर्न नै आफ्नो उम्मेदवारी भएको बताए ।
उनले तुलसीपुरलाई शिक्षा, स्वास्थ्य, खानेपानी, आर्थिक रुपले समृद्ध बनाउने नै मुख्य एजेण्डा भएको बताए ।
गठबन्धनले भने अझै वडाका उम्मेदवार टुंगो लगाउन नसकेकाले अहिलेसम्म पनि उम्मेदवारी दर्ता गर्न सकेको छैन ।
प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार