
दाङ । दाङको घोराही उपमहानगरको नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।
घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै मौलिक जरोकिलो पार्टीबाट दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा सुशिल गन्दर्भले पाहिलो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै स्वतन्त्रबाट घोराही उपमहानगरको मेयरमामा वडा न. १५ का श्रीमन न्यौपानेले घोराही निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै घोराही– १३ को वडाध्यक्षको पदमा राष्ट्रिय जनमुक्ति पार्टीका नरबहादुर घर्ती मगरले उम्मेदवारी दिएका छन् ।
दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले मनोनयन दर्ताका आइतबारदेखि सुरु भएको छ ।
घोराही उपमहानगरपालिकामा आइतबार बिहान साढे १० बजेदेखि साढे ५ बजेसम्म साना राजनीतिक दललाई समय दिइएको छ भने सोमबार १२ गते प्रमुख राजनीतिक दललाई मनोनयन पत्र दर्ताको लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । दाङमा साना ठूला गरी २९ दल छन् ।