तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी उम्मेदवार बन्ने भएका छन् ।
सत्ता गठबन्धनबाट तुलसीपुर उपमहानगरको मेयर पदको भाग कांग्रेसलाई परे अनुसार कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको तुलसीपुर नगरसभापति सुरेश हमालले बताए । यद्यपि कांग्रेसमा उपमहानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ ।
पूर्वसांसद समेत रहेका गिरी ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।
यसैगरी तुलसीपुरको उपमेयर सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर रानालाई उपमेयर बनाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनका तर्फबाट तुलसीपुरमा मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर राना चुनाव लड्ने भएका हुन् ।