तुलसीपुर । नेकपा एकीकृत समाजवादी पार्टीले तुलसीपुर उपमहानगरपालिका उपप्रमुख पदमा केन्द्रिय सदस्य जोगवहादुर राणाको नाम सिफारिस गरेको छ।
केन्दिय सचिव भागवत विश्वासीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर रानालाई एकल सिफारिस भएको जानकारी दिएका छन ।
गठबन्धनअनुसार लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई दुई उपमहानगरपालिकामा उपप्रमुख पद दिने सहमति अनुसार बुटवल उपमहानगरपालिकामा प्रदेश कमिटि सदस्य चिनबहादुर गुरुङलाई उम्मेदवारको नाम सिफारिस गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई प्रमुख पद दिने सहमति भएको छ।
प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार