दाङ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले आफूले घोराही उपमहानगरपालिकाको मेयर नपाउने निश्चित भएपछि पार्टीबाट राजीनामा दिएका छन्।
पार्टीको केन्द्रीय सदस्यसमेत रहेका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।
गौतम ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार थिए। अहिले पनि उनले घोराही उपमहानगरपालिका मेयरको दाबी गरिरहेका थिए। तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उनले पार्टी परित्याग गरेका हुन्।
नारायणकाजी श्रेष्ठनिकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आएका छन्। साथै, उनले माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाएका छन्।
उनले माओवादी छोडे पनि कुनै पार्टीमा नजाने बताएका छन्।
प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार