प्रेस सेन्टर घोराही शाखाको अध्यक्षमा सन्तोष डाँगी

घोराही । प्रेस सेन्टर नेपाल घोराही शाखाको अध्यक्षमा सन्न्तोष डाँगी चयन भएका छन् । शाखाले सन्तोष डाँगीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेको छ । प्रेस सेन्टर नेपाल घोराहीका संयोजक सन्तोष डाँगीको अध्यक्षता एवं सेन्टरका लुम्बिनी प्रदेश ईन्चार्ज अजयदिप शर्माको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो ।

जस्को उपाध्यक्षमा हेमराज परिवर्तन र वर्षा मगर, सचीवमा आभाष बुढाथोकी, सह–सचिवमा रोम थापा, कोषाध्यक्षमा सुस्मिता परियारलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा देबका परियार, लालसुर विष्ट, रमन शर्मा, शालिकराम चौधरी, प्रतिक्षा बुढामगर, खेमराज न्यौपाने, भ्यूमन मगर, हिमाल मगर, शुरेश मगर, विष्णु गोराथोकी, महेन्द्र वि.क, एलिजा चौधरी, प्रतिक्षा पुन मगर र सृजना चौधरी रहेका छन भने एक जना सदस्यपछि थप गर्ने निर्णय गरिएको छ ।

प्रेस सेन्टर घोराहीका उपाध्यक्ष हेमराज परिवर्तनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, माओवादी केन्द्र घोराही नगर कमिटिका सचिव भागिदश चौधरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी, लक्ष्मी आचार्य, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष भावना सुवेदी, मुख्य सचिव भुपेन्द्र प्रकाश वली, प्रदेशका सदस्य केशरमान बुढाथोकी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, जिल्ला सचिव जनक नेपाली, प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष राकेश बस्नेत, सचिव दिपक बोहरा, प्रेस सेन्टर बंगालचुलीका अध्यक्ष जीवन नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सहजीकरण प्रेस सेन्टर घोराहीका सचिव आभास बुढाथोकीले गरेका थिए । प्रेस सेन्टरले यस अघि दाङका ९ वटा पालिकामा कार्यसमिति चयन गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस