७१ निर्वाचन अधिकृत हटाइ नयाँ नियुक्त

काठमाडौं । निर्वाचन आयोग नेपालले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि यसअघि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।

बिहीवार आयोगले नियमित पत्रकार सम्मेलनमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनीहरुको स्थानमा ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आचारसंहिता २०७८ को प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तह निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दलबाट प्रतिवद्धता लिने सम्बन्धी बैठक सम्पन्न भएको पनि बताए ।

स्थानीय तह निर्वाचन २०७९ मा खटिने निर्वाचन अधिकृतहरुका लागि प्रशिक्षण प्रदान गर्नका लागि मिति २०७८ चैत्र २३ गते निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी बनेका सहभागीहरुले २०७८ चैत्र ३० गते र २०७९ साल वैशाख २ गते प्रदेशस्तरमा सञ्चालन हुने आठ स्थानमा हुने प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सहायक प्रवक्ता अर्यालले मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएका सहभागीहरुले २०७८ चैत्र ३० गते र २०७९ साल वैशाख २ गते प्रदेशस्तरमा आठ स्थानमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस