प्रथम सिटिइभिटि कप पुरुष भलिबल प्रतियोगिता हुने

तुलसीपुर । दाङको तुलसीपुरमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशी भएको लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ ।

नेपाल विद्यार्थी संघ सिटिइभिटि लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर ६ को समन्वय सञ्चालन गरिन लागेको प्रतियोगिता आउँदो बैशाख ६ गतेदेखि सुरु हुुनेछ ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ राष्ट्रियता, लोकतन्त्र, समाजवाद, विद्यार्थी एकता भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला र साबिक राप्ति अञ्चलबाट लुम्बिनी प्रदेशमा छुटेका दुई जिल्ला सल्यान र पश्चिम रुकुम गरि १४ टिमको सहभागिता रहने नेपाल बिद्यार्थी संघ सिटिइभिटि लुम्बिनी प्रदेश समन्वय समितिका अध्यक्ष सुर्य नारायण बटालाले जानकारी दिएका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सुस्ताएको स्थानीय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धी मापदण्ड अपनाउदै तुलसीपुर ६ मा रहेको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।

प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय स्थान हाँसिल गर्ने टिमले क्रमशः नगद २लाख २२ हजार २ सय २२, १ लाख ११ हजार १ सय ११ र ५५ हजार ५ सय ५५ तथा कप, मेडल, प्रमाणपत्र हात पार्ने अध्यक्ष बटालाले बताए ।

यसैबिच आयोजक नेपाल विद्यार्थी संघ सिटिइभिटि लुम्बिनी प्रदेश समन्वय समितिले यतिबेला प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ । उसले टिम दर्ता, प्रचारप्रसार, आर्थिक ब्यवस्थापन, खेल मैदान निर्माण लगायतका पक्षमा तिब्रता दिएको प्रतियोगिता सञ्चालनमा समन्वयकारी भूमिकाको जिम्मा पाएको राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका सञ्चालक कमल खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस