नवनिर्वाचित अमृतपुर खानेपानीका पदाधिकारीलाई स्वागत

तुलसीपुर। अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नवनिर्वाचित पदाधिकारीलाई एक कार्यक्रममको आयोजना गरि बुधबार नेपाली कांग्रेस तुलसीपुर वडा नं ३ इकाई समितिले स्वागत तथा सम्मान गरेको छ ।

वडा ईकाइ सभापति झुपलाल वलीको अध्यक्षता तथा नेपाली काँग्रेस केन्द्रीय महाधिवेश प्रतिनिधि एवं नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौरका अध्यक्ष एवं संघका केन्द्रीय सदस्य कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अथिति गिरीले खानेपानीमा संस्थामा धेरै जनताका गुनासो आउने भएकोले नवनिबार्चित पदाधिकारीहरुले खानेपानी जस्तो संवेदनशीललाई गहन रुपमा लैजान जरुरी रहेको बताए ।

संस्थामा तीन गठबन्धन पार्टीले जित हासिल गरेकोले उपभोक्ताहरुको मागअनुसार संस्थाको विकासमा टेवा पुग्ने र उपभोक्ताहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताए ।

कार्यक्रममा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष चन्द्रकान्त खरेल, उपाध्यक्ष केशबराज सापकोटा, सचिव दशरथ वली र कोषाध्यक्ष केशव वली, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि बिष्णु मल्ल क्षेत्रीय प्रतिनिधि राजन खड्का, नेता मानबहादुर गुरुङ्ग, मोहन गुरुङ्ग, जंग बहादुर वली लगायकाले शुभकामना मन्तब्य दिएका थिए ।

वडा ईकाइ उपसभापति रेशम प्रकाश मल्लको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा ईकाइ सचिव प्रेम तिवारीले गरेका थिए।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस