तुलसीपुरमा बुस्टर डोज र जोन्सन खोप लगाइदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमण विरुद्धको बुस्टर डोज र जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको छ ।

पहिलो र दोस्रो डोज लगाएका दिर्घरोगी, जेष्ठ नागरिक लगायत लक्षित समुहलाई अतिरिक्त अर्थात बुस्टर डोज खोप दिन सुरु गरिएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । यस्तैगरी दोस्रो मात्राको अष्ट्राजेनेका र भेरोसेल खोप पनि लगाउने क्रम जारी रहेको उनले जानकारी दिए ।

उनका अनुसार हालसम्म कुनै खोप नलगाएका नागरिकहरुलाई जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको छ भने १८ बर्ष उमेर समुहभन्दा माथि कुनै पनि खोप नलगाएका नागरिकहरुलाई जोनसन खोप लगाउन सुरु गरिएको छ ।

उनेले मंगलबारसम्म मात्रै खोप लगाउने समय भएकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, तुलसीपुर उपमहानगरका १९ वटै वडाका स्वास्थ्य संस्था, तुलसीपुर उपमहानगरपालिका, बसपार्क नगर स्वास्थ्य केन्द्र, दोघरे र गोरखा बोर्डिङ स्कुलमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस