फुटसलको उपाधी तुलसीपुर नगरजेसिजलाई

दाङ । संस्थागत खसी कप फुटसल प्रतियोगिता २०७८ को उपाधी तुलसीपुर नगर जेसिजले जितेको छ ।

बेलुवा फुटबल क्लब तुलसीपुर ९ को आयोजनामा सञ्चालित प्रतियोगिताको आज शनिबार सम्पन्न फाईनल खेलमा तुलसीपुर बैंकर्सलाई ५ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै तुलसीपुर नगर जेसिजले उपाधी जितेको हो । उपाधीसँगै उसले खसी हात पारेको छ ।

चैत ११ गतेदेखि सञ्चालित प्रतियोगितामा संस्थागत तर्फका ६ टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक मोहन गौतमको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता टिम तुलसीपुर नगरजेसिजका अध्यक्ष केशव केसी तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले खसी प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस