सुक्खा पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अबरुद्ध

सल्यान । सल्यानको कपुरकोट ३ चोरखोला नजिक झरेको सुक्खा पहिरोले दाङ–सल्यान सडक खण्ड अबरुद्ध भएको छ । सल्यानको कपुरकोट ३ चोरखोला नजिक सडक निर्माण गरिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेपछि स्काभेटर पुरिएको छ ।

पहिरोसँगै झरेका ठूला–ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ भने स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

अहिले उक्त सडक खण्ड पूर्णरुपमा बन्द छ । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

दाङबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस