महँगिएर आयो पेट्रोल र ग्याँसको मुल्य

काठमाडौं । भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य महँगिएको नेपाल आयल निगमले प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

आईओसीबाट प्राप्त नयाँ मूल्यअनुसार अहिलेकै बिक्री मूल्यमा १५ दिनमा निगमलाई ५ अर्ब ५१ करोड रुपैयाँ नोक्सानी हुने देखिएको प्रवक्ता उपाध्यायले बताए ।

१९ फागुनमा तोकिएको मूल्यको आधारमा पेट्रोलबाट निगमलाई लिटरमा ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र खाना पकाउने ग्याँसमा ६६५ रुपैयाँ ३४ पैसा घाटा छ,’ उपाध्ययले भने, ‘जसअनुसार १५ दिनमा पेट्रोलमा एक अर्ब ७ करोड, डिजेलमा ३ अर्ब १६ करोड र खाना पकाउने ग्याँसमा एक अर्ब २६ करोड रुपैयाँ नोक्सानी छ ।’

यसमा हवाइ इन्धनमा हुने नाफा घटाउँदा र मूल्य समायोजन नगर्दा कुल नोक्सानी १५ दिनमा ५ अर्ब ३० करोड पुग्ने देखिएको हो । रुस र युक्रेन युद्धका कारण गत साता कच्चा तेलको मूल्य प्रति ब्यारेल १३१ डलरसम्म पुगेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस