१४ चैतदेखि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ने

काठमाडौं । दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।

आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ । eoers. epsnepal.gov.np मा गएर अनलाइन आवेदन भर्न सकिन्छ । योग्यता पुगेका एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आनवेदन भर्न पाउँछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका व्यक्तिले फारम भर्न पाउने शाखाले जनाएको छ ।

परीक्षा काठमाडौंमा नै हुनेछ । कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाख (२०७९)देखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि १६ असारसम्म दोस्रो चरणमा परीक्षा हुने भएको छ ।

उत्पादनमुलक क्षेत्रमा जान आवेदन भर्नेहरुले २० असारदेखि १० भदौसम्म पहिलो चरणमा १६ भदौदेखि २१ असोजसम्म दोस्रो चरणमा परीक्षा हुनेछ ।

भाषा परीक्षा पास भएकाहरु सीप परीक्षणमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस