प्रेस सेन्टर शान्तिनगरको अध्यक्षमा डाँगी

तुलसीपुर । प्रेस सेन्टर नेपाल, शान्तिनगर शाखाको अध्यक्षमा विकास डाँगीलाई चयन गरिएको छ । आईतबार भएको भेलाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

दाङका १० वटै पालिकामा संगठन विस्तार गर्ने योजना अनुसार आईतबार शान्तिनगरमा भेला आयोजना गरि कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा काशिराम शर्मा, सचिबमा अंकित ज्ञवाली, सहसचिबमा दिपेन्द्र केसी, कोषाध्यक्षमा जानकी विकलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा मञ्जु जीसी, भूमिका केसी,टेकुलाल चौधरी, हरि खड्का,शुसिला चौधरीलाई चयन गरिएको छ ।

संगठनका शान्तिनगर संयोजक विकास डाँगीको अध्यक्षता तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य राधिका परियारको प्रमुख आतिथ्यमा भेला भएको हो । त्यस अवसरमा प्रमुख अतिथि परियारले मिडियाले सत्य,तथ्य समाचार सम्प्रेशनमा ध्यान दिनुपर्ने बताईन् । उनले प्रेस सेन्टरले सञ्चार क्षेत्रको विकासका लागि खेलेको भूमिकाको प्रशंसा समेत गरिन् ।

कार्यक्रममा पार्टीका शान्तिनगर गाउँ कमिटि अध्यक्ष नेपबहादुर रोकाले गाउँ–गाउँमा संगठन विस्तार गरेर पत्रकार उत्पादन गर्ने कार्य सर्हनिय भएको समेत बताए।

त्यस्तै प्रेस संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माले जहाँ सञ्चार पुग्छ, त्यहाँको समाज सभ्य, समृद्ध र विकसित हुने बताए ।

त्यस्तै संगठनका जिल्ला सहसचिब दीपक बोहराले संघीयताको मर्म भनेको गाउँ–गाउँका जनताको पहुँच हुने कुरा रहेको सञ्चारमा गाउँका जनताको पहुँच पुर्याउन संगठन विस्तार अभियान थालेको बताए ।

पत्रकार पनि अब गाउँ केन्द्रित हुनुपर्ने भन्दै त्यसकै लागि पालिका स्तरमा संगठन विस्तार गर्न लागिएको बताएका थिए । कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का अध्यक्ष गिरीराज बस्नेत, वडा नं. ७ का अध्यक्ष पिमलाल वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सदस्य सुमन केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस