प्रतिनिधिसभामा प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तुत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोध कायमै रहेको बेला प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरुद्ध महाभियोग प्रस्तुत भएको छ ।

आइतबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तुत गरेका हुन् ।

माओवादी केन्द्रका सचेतक देवप्रसाद गुरुङ्ग, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, र नेकपा एकीकृत समाजवादीका सचेतक जीवन राम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक रहेको महाभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेश भएको हो ।

राणामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेको आरोप लगाइएको छ ।

साथै प्रतिनिधि सभाको अर्को बैठक चैत २ गते बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस