अमृतपुर खानेपानी निर्वाचन : गठबन्धनबाट चन्द्रकान्त खरेलको प्यानल विजयी

तुलसीपुर । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निर्वाचित नयाँ नेतृत्व पाएको छ । संस्थाको नेतृत्व चयनमा सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनबाट नयाँ नेतृत्व पाएको हो ।

संस्थाको अध्यक्षमा गठबन्धनबाट चन्द्रकान्त खरेल निर्वाचित भएका छन् । निर्वाचनमा ३ राजनीतिक दलहरुको समर्थनमा लोकतान्त्रिक संयुक्त प्यानलबाट खरेलको प्यानल चुनावमा उत्रिएको थियो । संस्थाको अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी र सदस्यमा गठबन्धनकै प्यानलका उमेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्ष खरेलले १२१ मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्दी भिमकान्त बस्याल (संगीत)लाई पराजित गरेका हुन् । निर्वाचन समितिकाअनुसार खरेलले ११६२ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी संयुक्त प्यानलका उम्मेद्वार बस्यालले १०४१ मत प्राप्त गरेका थिए ।

त्यस्तैगरी उपाध्यक्षमा केशवराज सापकोटाले १२५९, सचिवमा दशरथ वलीले १३६४ , कोषाध्यक्षमा केशवबहादुर वलीले ९९०, सहसचिवमा कमला कुमारी अधिकारीले १००७, सदस्यहरुमा नरबहादुर वली १०६५, लाल बहादुर वली ८९५, अमृता शर्मा १०२२ र सविता वलीले ८३५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सुशिल काफ्लेले जानकारी दिएका छन् ।

यस्तैगरी बस्याल नेतृत्व समूहकोतर्फबाट उपाध्यक्षमा विजयीकुमार मल्ल ६८२, सचिवमा रुपबहादुर खत्री ६५७, कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे ९१४, सहसचिवमा रक्षा काफ्ले ८०२, सदस्यहरुमा कान्तप्रसाद खरेल ६८१, गंगाधर गैरे ६९८, सिता कुमारी केसी ५६८ र भिमा खड्काले ५६७ मत प्राप्त गरेको काफ्लेले जानकारी दिए । यस्तैगरी महिला सदस्यतर्फ स्वतन्त्र उम्मेदवार देव कुमारी वलीले २८४ मत प्राप्त गरेकी छिन् ।

संस्थाको ३ हजार १ सय ४६ मतदाता रहेकोमा शनिबार भएको मतदानमा २ हजार ३ सय ६९ मत खसेको थियो । संस्थाको नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि मतदान भएको हो ।

उक्त निर्वाचनबाट खरेल संस्थाको अध्यक्षमा छैठौ पटक निर्वाचित भएका हुन ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस