घोराही–तुलसीपुर चारलेनका ठेकेदार पाण्डे पक्राउ

दाङ । दाङको घोराही–तुलसीपुर चारलेनका ठेकेदार अनुप पाण्डे डेढ करोड ठगीको आरोपमा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान विभागले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चारलेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हो ।

सिआईबीका प्रमुख डिआईजी धिरजप्रताप सिंहले पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको जानकारी दिए ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

बस्नेतको टिप्पर र ईन्धनको गरि १ करोड ४४ लाख रुपैँया ठेकेदार पाण्डेले दिनुपर्ने भएपनि नदिएको भन्दै एक महिना अघि जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए ।

भारतीय तथ्य इन्जिनियरिङ एण्ड ईन्फा प्रालिले ठेक्का पाएको भए पनि पाण्डेको अष्ट भैरव निर्माण सेवाले पेटी ठेक्का पाएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस