प्रेस सेन्टर बंगलाचुलीको अध्यक्षमा जीवन नेपाली

बंगलाचुली । प्रेस सेन्टर नेपाल दाङ बंगलाचुलीको अध्यक्षमा जीवन नेपाली चयन भएका छन् । शनिबार कमिरेचौरमा भएको पहिलो भेलाले नेपालीको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका शाखा समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा कमल कवर मगर र देवा भुसाल, सचिव गुरु बिश्वकर्मा, सहसचिव ध्रुवराज कवर, कोषाध्यक्ष मधुसूदन गिरी तथा सदस्यहरुमा सिर्जना बिक, नोखीराज बिक, सचिन परियार, गायत्री बिश्वकर्मा र हरिकला परियार रहेका छन् ।

उक्त भेलाको उद्घाटन संगठनका केन्द्रीय सदस्य एवं प्रदेश समन्वय प्रमुख अजयदीप शर्माले गरेका हुन् । भेलाको प्रमुख अतिथि शर्माले नेपालमा ग्रामीण पत्रकारिताको नेतृत्व माओवादी विचारले गरेको बताए ।

कार्यक्रममा बिशिष्ठ अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी र माओवादी केन्द्र बंगलाचुलीका अध्यक्ष डोमाकान्त कवर मगर, प्रदेश सदस्य चुरामणि नेपाली, संगठनका दाङ जिल्ला संस्थापक अध्यक्ष पुरन शर्मा, प्रदेश उपाध्यक्ष प्रकाश चौधरी, प्रमुख सचिव भुपेन्द्र ओली, जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली, जिल्ला सदस्य सन्तोष डाँगी र वाइसीएलका पालिका अध्यक्ष सुशील परियारले शुभकामना दिएका थिए ।

सो कार्यक्रम देवा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने कार्यक्रम संचालन मधुसूदन गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस