बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा पछिल्लो समयमा मान्छेलाई आक्रमण गर्दै आएको बाघलाई नियन्त्रणमा लिइएको छ। राप्ती सोनारी वडा ६ स्थित सामुदायिक वनबाट उक्त पाटे बाघलाई नियन्त्रणमा लिइएको हो।
केही दिन पहिले राप्ती सोनारी ६ फत्तेपुर ६ का २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ की ५३ वर्षीया लीला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
साथै बाघले गत फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ। फागुन ८ मा राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेको थियो।
बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुरमा समेत एकरएक जनाको मृत्यु भएको थियो। त्यस्तै भदौ अन्तिम यता बाघले बाँकेका राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको थियो।
बाघले पटकपटक स्थानीयलाई आक्रमण गरेपछि बर्दियाबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्ज समेतको सहकार्यमा आज बिहान भाले बाघलाई नियन्त्रणमा लिइएको हो।