
काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले व्याख्यात्मक घोषणाको प्रस्ताव बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरिरहेको समयमा ध्वनि मतबाट एमसीसी अनुमोदन भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।
एमसीसी अनुमोदन गरेर प्रतिनिधि सभा बैठक फागुन १८ गतेसम्मको लागि स्थगित भएको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार