काठमाडौं । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ ।
सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।
मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार संसद बोलाइएको थियो । तर, सत्ता गठबन्धनबीच नै सहमति हुन नसकेपछि बैठक पुनस् सरेको हो । विहीबार पनि बैठक सारिएको थियो ।
प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार