ट्रकको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

घोराही । दाङको लमही–तुलसीपुर सडकखण्डमा ट्रकको ठक्करबाट सोमबार (आज) विहान मोटरसाइकल चालकको मुत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै लमहीतर्फ जाँदै गरेको प्रदेश नं. १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि मृतकका परिवारले लमही–घोराही सडकखण्ड अवरुद्ध गरेका छन् ।

मृतकका आफन्त ट्रक चालकलाई कारबाही गर्नुपर्ने र मृतकको परिवारलाई राहत दिनुपर्ने माग गरिरहेका छन् । ट्रकचालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस