आज कमल थापाको राप्रपा नेपाल घोषणा हुँदै

काठमाडौं । कमल थापाको नेतृत्वमा शनिबार राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाएका हुन्।

प्रजातन्त्र दिवसको अवसर पारेर थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। शनिबार बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुँदैछ।

सम्वर्धनवाद, सुशासन र समृद्धि नारासहित कमल थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि असन्तुष्ट भएका थापाले राजसंस्थाको एजेन्डा छोडेर हिन्दु राष्ट्रलाई मुल आधार बनाएर पार्टी घोषणा गर्न लागेका हुन्।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस