दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनीतिक दलहरुले राष्ट्रघाती एमसीसी विरुद्ध (भोली) फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।
एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकबाट भोली पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ६ राजनीतिक दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन्।
नेपाल बन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी दाङले भोलि फागुन ४ गतेको नेपाल बन्दलाई पूर्णरुपमा सफल बनाउनका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगायतालाई सहयोगको अपिल गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :