दाङमा मनायो लुम्बिनी प्रदेशले स्थापना दिवस

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस स्थायी राजधानी राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालय दाङमा एक कार्यक्रम गरी मनाएको छ । स्थायी राजधानी तोकेको करिब डेढ वर्ष हुन लाग्यो । २ वटा मात्र मन्त्रालयको बोर्ड टाँगिएको प्रदेश राजधानीमा भवन निर्माणको कार्य जारी रहेको छ । प्रदेश सरकारले मन्त्रालय नल्याए पनि स्थापना कार्यक्रम गरेपछि स्थानीयहरु हर्षित भएका थिए ।

दाङको देउखुरीमा एकातिर प्रदेशसभाको भवन निर्माण भइरहेको थियो । अर्कोतर्फ प्रदेश कार्यालयले स्थापना दिवस मनाइरहेको थियो । कार्यक्रममा विभिन्न कृषि, स्वास्थ्य, प्रविधि मुलक स्टलहरु पनि राखिएको थियो । प्रदेश राजधानी कहिले आउने हो, भन्ने आसमा बसेका स्थानयीयहरुलाई भने, आजको कार्यक्रमले अब छिटै आउने विश्वास दिलाएको बताउँछन् ।

स्थानीय मात्र नभई जनप्रतिनिधिहरुलाई स्थायी राजधानी भएको ठाउँमा नआउँदा समस्या भएको बताउँछन् । उनीहरुलाई कुनै पनि काम परेमा बुटवल जानु पर्ने बाध्यता छ ।

स्थायी राजधानी भएको ठाउँमा अहिलेसम्म राजधानी नआउँदा प्रदेश सभा सदस्यहरु पनि जनताको गुनासो भइरहेको भन्दै आफूहरु ल्याउनको लागि परेको बताउँछन् । विभिन्न प्रक्रियागत कुराहरु मलाउनमा ढिलाई भैरहेको छ । अब छिट्टै लुम्बिनी प्रदेशमा सबै काम स्थायी राजधानीबाट काम हुने नेताहरुको आश्वासन छ ।

प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले भने राप्ती राजधानीको मास्टर पलानअनुसार युद्ध गतिमा भइरहेको भन्दै सबैले साथ सहयोग गर्नु पर्ने बताउँछन् । उनले प्रदेशलाई समृद्धि लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउन लागेको पनि बताए ।

प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएसँगै स्थायीरुपमा काम पनि स्थायी राजधानीबाटै हुनु पर्ने देखिन्छ । प्रदेश स्थापना दिवसको ४ बर्ष मनाई रहँदा उत्साहित भएका जनता अब भने छिट्नै स्थायीरुपमा काम भएमा मात्र राज्यको अनुभूति गर्नेछन् ।

लूम्बिनी प्रदेश सरकार स्थापना भएको आज ४ वर्ष भएको छ । प्रदेश स्थापना भएको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस