
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएको छ ।
‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ’, स्वमस्थ्य जनसंख्या मन्त्री विरोध खतिवडाले भने ‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ।’
सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए। त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए।
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार