तुलसीपुरमा भएको आगलागीबाट पाँच जनाको शव निकालियो, एक जना घाइते

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनमा मध्यरातीमा घरमा भएको आगलागीबाट निसासिएर पाँच जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५/१५ बर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ बर्षीय एक पुरुषको मृत्यु भएको हो ।

इरम फुटवेयर चप्पल गोदाम भएको चारतले घरमा आगलागी भएपछि विहान मात्रै आगो नियन्त्रणमा आएको हो । पाँचै जना निसास्एिर मृत्यु भएको प्रहरीले बताएको छ ।‘ तेस्रो तलामा रहेकाहरु निसास्एिर मृत्यु भएको जस्तो देखिन्छ’ प्रहरी भन्यो‘ ‘चौथो तलामा रहेकाहरु अलिअलि जलेका पनि छन् ।’

इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेको छ । विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस