थप १,५७० कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्‍ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ भने ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस