
काठमाडौं । हाइपरलगायतका नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको छ ।
डिजिटल प्रविधिको प्रयोगमार्फत राजश्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न आजैबाट काम सुरु गर्न टास्कफोर्स गठनको प्रस्ताव गरेका हुन् ।
सोमबार मन्त्रालयमा आयोजित केन्द्रिय राजस्व चुहावट नियन्त्रण समतिको बैठकमा शर्माले यस्तो प्रस्ताव गरेका हुन् । ‘क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका अवैध कार्य भइरहेको हामी टुलु(टुलु हेरेर बस्न सक्दैनौं । त्यसको नियन्त्रणका कार्य आजैबाट सुरु गर्नुपर्छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
यस्तो कार्य नियन्त्रणका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने प्रतिवद्धता पनि अर्थमन्त्री शर्माले पनि जनाएका थिए ।
राजस्व छली र पुँजी पलायनको यस्तो प्रकृति नेपालका लागि नयाँ चुनौतीको रुपमा देखिएको र त्यसलाई नियन्त्रण गर्नेबारे छलफल भएको अर्थसचिव मधुकुमार मरासिनीले बताए ।