भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस