आज बस्ने सर्वदलीय बैठकमा स्थानीय चुनावबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार स्थानीय तहको निर्वाचनका साथसाथै कोरोना नियन्त्रणलगायत बैंठकमा छलफल गरिने छ।

सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमती गरेको हो।

निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्न तत्काल मिति घोषणा हुनुपर्ने जनाउँदै आएको छ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस