तुलसीपुर । दाङ देउखुरी इट्टा उद्योग संघले प्रतिइट्टाको मूल्यमा एक रुपैया वृद्धि गरेको छ ।
ईन्धन, कोइला, श्रमिक, ढुवानीलगायतमा मूल्य वृद्धि भएको भन्दै प्रतिइट्टामा एक रुपौयाँ मूल्य बृद्धि गरिएको संघका सचिब प्रेमनाथ योगीले जानकारी दिए ।
बेमौसमी बर्षाले गर्दा काचो इट्टामा पनि क्षति पुगेको भन्दै मूल्य बढाउनु पर्ने अवस्था आएकोले इट्टाको मूल्य बृद्धि गरिएको उनले बताए ।
संघले जामरी गरेको सूचनाअनुसार एक नम्बर इट्टाको मूल्य रु १६, दुई नम्बर इट्टाको मूल्य रु १२ र ३ नम्बर इट्टाको मूल्य रु १० तोकिएको छ ।
प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार