काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालले अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपणअनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेको संख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुनसक्छ । यो समयमा लक्षण सहितको संक्रमित करिब १० हजार हुनेछन् भने १ हजार बढीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।
मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुनेछ । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आँकलन गरिएको इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई जानकारी दिए ।
प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार


