तुलसीपुर । निलो रंगको साडिमा रातो व्लाउजको पहिरन र हातमा बोकेको एउटा फाइललेनै खिमा र कमलाको परीचय दिन्थ्यो, उनीहरु स्वास्थ्य स्वयमसेवीका हुन भनेर । पहिले मासिका भनिन्थ्यो उनीहरुलाइ । अचेल सरकारले उनीहरुलाइ महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीकाको नाममा परीचय पत्र दिएको छ, नियुक्ती होइन ।
खिमा र कमला सहित १० जना स्वास्थ्य स्वयमसेवीकाहरु विहिवार तुलसीपुर उपमहानगरपालिका—१९ कुटेचौरस्थीत तप्पापानी स्वास्थ्य चौकिमा आफ्नो स्वयम सेवीकाको जिम्मेवारीको मासिक प्रतिवेदन बुझाउन आइपुगे । सायद जिल्लाभरका स्वास्थ्य चौकिहरुमा आज यसरीनै महिला स्वास्थ्य स्वयमसेवीकाहरुले मासिक स्वास्थ्य प्रतिवेदन बुझाउने छन् । तुलसीपुर उपमहानगरपालीका भित्र यस्ता स्वयमसेवीकाहरु कम्तिमा २५० जति छन् ।
खिमा र कमलाहरुले स्वास्थ्य चौकिमा अआफ्नो टोलमा गर्भवतिको संख्या, सुत्केरीहरुको विवरण, नियमित खोप सेवा लिनेको अवस्था, नवजात शिशुको स्वास्थ्य अवस्था लगायतका विषयमा तथ्यांक सहितको विवरण बुझाइरहेका छन् । सायद राष्ट्रिय योजना आयोगले उनीहरुजस्तै हजारौं स्वास्थ्य स्वयमसेवीकाले दिएको तथ्यांकका आधारमा मुलुकको स्वास्थ्य योजना बनाउंछ । स्थानिय पालिकाहरुले उनीहरुकै तथ्यांकलाइ टेकेर मासिक रुपमा खोपको माग गर्छन माथिल्लो निकायबाट, भिटामिन माग्छन् अनि आइरन चक्किको आवस्यकता प्रक्षेपण गर्छन् । स्वास्थ्य चौकिका प्राण भनेकै उनीहरुनै हुन् ।
‘अटोले यसपाली एक जनाको एक सय भाडा भन्यो, भाडा नपुगेर हिंड्दै चौकि सम्म आइपुग्यौं’, खिमाले भनिन् । यस अघि अलि भिड भएका वेला अटोले ५० रुप्पे मात्रै लिन्थ्यो रे । तर आज अटो खालि भएकाले ५०को ठाउमा एक सय मागेपछि उनीहरु पैसा नपुगेकै कारण पैदल आइपुगे चौकिमा प्रतिवेदन बुझाउन ।
नेपाल सरकारलाइ राष्ट्रिय स्वास्थ योजना बनाउ तथा निति निर्माण गर्न मुख्य आधार बनेका यीनै महिला स्वास्थ्य स्वयम सेवीकाहरुको आत्मकथा भने हृदय विदारक छ । उनीहरुले सायद राज्यबाट आत्म सम्मान वाहेक केहि पाएका छैनन् । स्वयम सेवकको अर्थ पारीश्रमिक नदिइ काम गरेपनि न्युनतम सुविधा त हुन्छ, तर उनीहरु न्युनतम सुविधाबाट समेत बन्चित भएका छन् । तर पनि उनीहरुलाइ महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका बनेकोमा भने निकै गौरव छ र आत्मसम्मान भएको अनुभुति गरीरहेका छन् ।
खिमा वलीले आफ्नो टोलभरका कम्तिमा एक सय घरको स्वास्थ्य रेकर्ड गर्छिन् । ती घरहरुमा हुने नयां गर्भवतीको संख्या, उनीहरुले नियमित खोप लगाए÷नलगाएको अवस्था, आइरन चक्कि र भिटामिन खाएनखाएको अवस्था, बच्चाको उमेर अनुसारको तौल लिने, निमोनिया र कुपोषणका विषयमा सामान्य जानकारी तथा नेपाल सरकारका नयां कार्यक्रमका वारेमा पनि सवैलाइ जानकारी गराउंछिन् । त्यसको प्रतिवेदन मासिक रुपमा स्वास्थ्य चौकिमा बुझाउंछिन् । खिमालाइ महिनाको एक पटक नियमित खोप कार्यक्रममा दिन विताउनुपर्छ । एक दिन नियमित गाउघर क्लिनिक, एक दिन आमा समुहको बैठक र एक दिन नियमित रुपमा मासिक प्रतिवेदन बुझाउन स्वास्थ्य चौकि धाउनुपर्छ ।
उनै खिमा र कमला विहिवार घरबाट दुइघण्टा पैदल हिडेर स्वास्थ्य चौकि आइपुगेका थिए । ‘अटोले यसपाली एक जनाको एक सय भाडा भन्यो, भाडा नपुगेर हिंड्दै चौकि सम्म आइपुग्यौं’, खिमाले भनिन् । यस अघि अलि भिड भएका वेला अटोले ५० रुप्पे मात्रै लिन्थ्यो रे । तर आज अटो खालि भएकाले ५०को ठाउमा एक सय मागेपछि उनीहरु पैसा नपुगेकै कारण पैदल आइपुगे चौकिमा प्रतिवेदन बुझाउन ।
महिला सामुदायिक स्वयमसेवीकाहरुले धेरै पारीश्रमिक मागेका भने होइनन् । उनीहरुले सामुहिक बैठक गरी निर्णय गरेर मागेको भनेको मासिक यातायात खर्च बढाएर प्रति महिना १ हजार, मासिक रुपमा खोप कार्यक्रमको भत्ता १ हजार, आमा समुहको बैठकको भत्ता १ हजार रुपैया प्रति महिना माग गरेका छन् । तर सरकार यीनीहरुको आवाज सुनीरहेको छैन ।
स्वास्थ्य क्षेत्रमा यति धेरै भुमिका निर्वाह गर्ने गाउका डाक्टर भनेर निनिने महिला सामुदायिक स्वास्स्थय स्वयमसेवीकाहरुको गुजारा भने मस्कीलले चलेको छ । उनीहरुले पाउने भनेको बर्षभरीमा १० हजार पोशाक भत्ता हो, महिनाभरीको ५ सय रुपैया यातायात खर्च हो, महिनामा चल्ने खोप कार्यक्रम र भिटामिन खुवाउने दिनको भत्ता ५ सय रुपैया मात्रैले यी आत्मसम्मानको अनुभुति गर्नेहरुको गुजारा कसरी चलेको होलारु यो बहशको विषय बन्न सकेको छैन । उनीहरुको यो प्रोत्साहनले साच्चै उनीहरु बर्षदिन आफ्नो थप लगानी नगरी यो पेषालाइ निरन्तरता दिन सक्लानरु, वेखवर छन् तीनै तहका सरकार । सरकारले उनीहरुलाइ यहि निलो साडि र परीचयपत्र मात्रै दिएको छ । नियुक्ती पनि छैन उनीहरुको ।
‘हामीलाइ यो साडिले स्वास्थ्य प्रति बढि जिम्मेवार बनाएको छ, किनकि हामीले यो पोशाक लगाएर गाउघरमा पुग्दा गर्भवती महिलाहरु ढुक्क हुन्छन्, सुत्केरी आमाहरु खुसी हुन्छन्, तर यो गरेवापत राज्यले जे दिइरहेको छ, त्यसले हाम्रो चुलो बल्ने अवस्था भने छैन’, खिमाले भनिन्, आत्म सम्मानकै लागी यो स्वयम सेवालाइ निरन्तरता दिएका छौं । सरकारले दिएको सेवा सुविधाले त आफ्नै सेवा पु¥याउन पनि सकिंदैन । कमला वली घर्ति भने भर्खरै सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीका बनेकि रहिछन् । पोशाक भत्ता बुझ्ने महिना नआइपुगेकाले उनले साडि पनि आफै किनेकि छिन् । उनलाइ स्वास्थ्य चौकिले एउटा परीचयपत्र दिएको छ, तर नियुक्तीको व्यवस्था भने हुंदैन रे । आमा समुहको सिफारीसमा पालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाले उनीहरुलाइ परीचयपत्र बनाइदिने चलन चल्दै आएको छ ।
महिला सामुदायिक स्वयमसेवीकाहरुले धेरै पारीश्रमिक मागेका भने होइनन् । उनीहरुले सामुहिक बैठक गरी निर्णय गरेर मागेको भनेको मासिक यातायात खर्च बढाएर प्रति महिना १ हजार, मासिक रुपमा खोप कार्यक्रमको भत्ता १ हजार, आमा समुहको बैठकको भत्ता १ हजार रुपैया प्रति महिना माग गरेका छन् । तर सरकार यीनीहरुको आवाज सुनीरहेको छैन ।
‘महिला स्वास्थ्य स्वयमसेवीकाहरु हाम्रा प्राण हुन्, यहांहरुको सहयोग विना हामी चल्नै सक्दैनौं र राष्ट्रिय स्वास्थ्य निति कार्यान्वयनमै ठुलो समस्या आउने छ’, तोप्पापानी स्वास्थ्य चौकिका इन्चार्ज यज्ञ केसीले यसरी जवाफ दिन्छन् । आफ्नो स्वास्थ चौकिको ऐना भनेकै यीनीहरुनै भएको पनि उनको अभिव्यक्ति थियो ।
आफुहरुले यी स्वास्थ स्वयमसेवीकाहरुको न्युनतम सेवा बढाउनकालागी माथिल्लो निकायमा आग्रह गरी पठाएपनि सरकारले यो सन्दर्भमा कुनै निर्णय गर्न सकेको अवस्था नरहेको चौकि इन्चार्ज केसीको भनाइ थियो ।