गठवन्धन सत्ताकालागि होइनः पुर्ब सभामुख महरा

बिजौरी । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच दसलय गठबन्धन सत्ताकालागी नभएर मुलुककोस्वाधिनता र संविधान रक्षाकालागी भएको बताएका छन् । साथै यो गठवन्धन आगामीनिर्वाचनसम्मै जारी रहने बताएका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ कोकार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि महराले यस्तो बताए । प्रतिक्रियावादी शक्तिहरुलेगठबन्धनलाई भत्काएर मुलुकको स्वाधिनता माथि हात हाल्न खोजिरहेको आरोप लगाउदैनेता महराले गठबन्धन माथिको त्यो षडयन्त्र परास्त गर्दै सत्तारुढ पाँचदल मुलुककोस्वाधिनता र संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढिरहेको बताए ।

वडा कमिटिका अध्यक्ष लोकबहादुर बहकरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममाप्रमुख अतिथि महराले एमसीसी पास गर्न प्रतिगमनकारी शक्तिले सत्ता गठबन्धन टुटाउने रफुटाउने अनेकौं षडयन्त्र रचेकाले त्यो प्रतिगमनकारीहरुको षडयन्त्र कदापी सफल नहुने उनकोभनाई थियो ।‘यो गठबन्धन सत्ताका लागि होईन, मुलुकको स्वाधिनता र संविधानकोरक्षाका लागि हो ।’ उनले भने– ‘प्रतिगमनकारी शक्तिहरुले षडयन्त्र पूर्वक भ्रम पैदागर्दै जनता निशारा पार्ने खेलमा लागेका छन्  ।’ तर जनताले त्यो भ्रमलाई चिर्दैसमाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका अग्रसर बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि महराले मुलुक विकास र समृद्धिको यात्रामातिव्रताका साथ अघि बढेको विश्वास समेत व्यक्त गरे । राज्य पुर्नः संरचनाको अधिकारसँगैमुलुकले विकास र समृद्धिको रुपमा समेत परिवर्तन गरी मुलुक नयाँ गतिमा लगेको बताए । जसकाकारण मुलुकमा जनता परिवर्तन अनुभुती गर्न पाइरहेको र विकास लहर जनताको घरदैलोसम्मपुगेको उनको भनाइ थियो ।

उक्त अवसरमा प्रमुख अतिथि महराले नेकपा माओवादीकेन्द्र राष्ट्रिय महाधिवेशन पश्चात्त जनता माझ जाने नयाँ योजना र संरचना सहित जानथालेकाले जनता जनलहर पुनः माओवादीप्रति जन लहर उत्साह बढ्दै गइरहेको विश्वाससमेत व्यक्त गरे । नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेशका सदस्य रामबहादुर दहितलेजनताको न्याय र स्वतन्त्राको अधिकार स्थापित गर्न माओवादी आन्दोलन अघि बढेको बताए ।कार्यक्रममा पार्टीका नेता शेसुराम भण्डारी लगायतकाले बोलेका थिए । पार्टीकासह–सचिव गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीबहादुर ददेल गरेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख  कृष्णबहादुर महराले बिहिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७मा समेत मतदाता भेटघाट गरेका छन् । स्थानीय पार्टीको आयोजनामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।  

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस