तुलसीपुर । तुलसीपुरमा सोमबार ३२ जना कोरोना संक्रमित थपिएका छन् । तुलसीपुरको विभिन्न स्थानमा ६० जनामा गरिएको कोरोना परिक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।
सोमबार मेट्रो अस्पतालमा गरिएको परिक्षणमा २१ जना, राप्ती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ४ जना, बसपार्कको हेल्थ डेस्कमा परिएको परिक्षणमा ६ जना र राप्ती आँखा अस्पतालमा गरिएको परिक्षणमा १ जनामा कोरोना पुष्टि भएको केसीले बताए ।
कोरोना पुष्टि हुनेमा १२ पुरुष र २० जना महिला छन् । जसमध्ये १८ वर्ष मुनिका ५ जना र २७ जना खोप लगाएका व्यक्तिमा कोरोना देखिएको हो ।
योसँगै तुलसीपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८७ पुगेको छ । यसैबिच सोमबार घोराही उपमहानगरपालिकाका ३ जना र गढवा गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार