काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सीको भाडादर बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट न्युनतम ६० रुपौयाँ ट्याक्सी भाडा बढाएको हो ।
उक्त निर्णयअनुसार ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडादरमा उल्लेख छ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।
उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्नेछ । त्यस्तै सेवाग्रहीले ट्याक्सी प्रयोग गर्नेवित्तिकै सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड पाउनेछन् ।
प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार