तुलसीपुर । तुलसीपु क्षेत्रका माेवाइल तथा इलेक्ट्रोनिक व्यवसायीहरुले रक्तदान गरेका छन् ।
रगतकाे अभावमा कसैकाे ज्यान जाेखिममा नपराेस् भनी रक्तदान गरिएकाे समितिका अध्यक्ष सुजर भण्डारीले बताए । समितिमा आवद्ध २० जना व्यवसायीहरुले शनिबार रक्तदान गरेका हुन् । कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा पुगेर उनीहरुले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरूमा सुरज भण्डारी, सुशान्त सापकोटा, चेतन कंडेल, शितल बिस्वकर्मा, ज्योति प्रसाद दाहाल, खगेन्द्र गौतम, दिपक कडेल, समिर न्यौपाने, कान्तुराम खनाल, समर्पन छेत्री लगायतका रहेका छन् । समितिले व्यवसायीकाे एकता संगै विभिन्न सामाजिक काम गर्दै आएकाे छ ।
प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार


