प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

​प्रचण्डको स्वास्थ्यअवस्था सामान्य छ। सचिवालयका अनुसार उनी केही दिन आइसोलेसनमा रहनेछन् । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरेका थिए ।

माओवादीकै नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमित भई आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस