राप्रपा दाङले पृथ्वीनारायणको जन्मजयन्ती मनाउने

घोराही । राष्ट्रिय प्राजतन्त्र पार्टी जिल्ला कार्यसमिति दाङको जिल्ला बैठक (आज) बुधबार घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतको अध्यक्षतामा तथा केन्द्रीय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार पौष २५,२६ र २७ गते श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको ३००औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।

कार्यक्रम भक्य र सभ्य बनाउनको लागि जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतको अध्यक्षतामा १५१ जना सदस्यीय रहने गरि मुल समिति गठन गरेको छ भने विभिन्न उपसमिति पनि गठन गरेको छ । जस्मा आर्थिक उपसमिति संयोजकमा नर बहादुर बुढाथोकी, प्रचार प्रसारमा उमाकान्त भण्डारी, मंच व्यवस्थापनमा त्रिभुवन थापा, झाँकी व्यवस्थापनमा दिपक थापा, स्वमसेवकमा नारायण थापा रहेको जानकारी प्रदेश अध्यक्ष श्रिमणि न्यापानेले गराएका छन ।

कार्यक्रम शैक्षिक सामग्री वितरण, फलफुल वितरण, रक्तदान कार्यक्रम र २७ गते झाँकी जुलुससहित नगर परिक्रमा गरेर बिहान ११ बजे घोराहीको तुलसीपुर चौकमा सम्पन्न गर्ने र सबै नेता तथा कार्यकर्ता उक्त दिन उपस्थितिको लागि जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेतले सबैलाई अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस