वामदेव गौतमले गरे प्रचण्डको प्रशंसा

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गर्नुभएको छ ।

माओवादीको ८औं महाधिवेशनको अवसरमा आइतबार अध्यक्ष दाहालले महाधिवेशन उद्घाटनमा क्रममा बोलेका कुरा राम्रा भएका भन्दै प्रशंसा गर्नुभयो ।

गौतमले सोमबार वक्तब्य जारी गर्दै दाहालको मन्तब्य कसैप्रति दुर्वचन नभएको भन्दै प्रशंसा गर्नुभयो । प्रचण्डले राजनीतिक संस्कृति निर्माण गर्नेगरी बोलेको गौतमको ठम्याइ छ ।

दुर्वचन समाजवादी संस्कृति नभएको पनि गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस