बबईमा गोठभित्रका १४ बाख्रालाई बाघले मार्यो

तुलसीपुर। बबई गाउँपालिका वडा नम्बर ५ मा बिहीबार गोठभित्र रहेका १४ वटा बाख्रा बाघले मारेको छ । साथै हुरुम सामुदायिक वनमा चराउन लगेको समयमा वडा ७ को कृष्णपुरका कुलबहादुर घर्तीको दुई वटा बाख्रा बाघले मारिदिएको छ ।

इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मीकाअनुसार वडा नम्बर ५ बगरपुरका देवबहादुर वलीका १४ वटै बाख्रा बाघले रगत चुसेर फ्याकेको अवस्थामा फेला परेका हुन् । करिब दुई लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । पाठा भने घरमै राखिएकाले सुरक्षित रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सो क्षेत्रमा बाघले घर पालुवा जनावर मारेको बबई गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर श्रीषले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस